काठमाडौं, माघ १४ । बाराको परवानीपुरमा आमाछोराको हत्या भएको छ। परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा गएराति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी मण्डलगम्भीर घाइते भएका छन्।
उनीहरूको वीरगन्जको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरेर आमाछोराको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै निवासमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले आक्रमण गरेर उनीहरुको हत्या भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्न बुहारी मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया