बैतडी, १४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ ।
बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीका अनुसार खडक बोहराको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरिएको हो । जिल्ला सङ्घले विभिन्न प्रतियोगिता आयोजना गरी प्रदर्शनका आधारमा अन्तिम टोली छनोट गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताए ।
यस्तो छ अन्तिम टोली : खडक बोहरा (कप्तान), लोकेन्द्र चन्द (उपकप्तान), सुनिल चन्द (विकेट किपर), गजेन्द्र बोहरा, दीपक बोहरा, नरेन भट्ट, हिक्मत महरा, सचिन भट्ट, आयुश चन्द, लक्ष्मण कार्की, भूपेन्द्र चन्द, विक्रम बोहरा, निखिल चन्द र प्रदीप चन्द रहेका छन् । दीपेश बोहरा, कल्पेश चन्द र रिषिकेश बोहरा वैकल्पिक खेलाडीको सूचीमा रहका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फाप्ला क्रिकेट मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा बैतडीको पहिलो खेल माघ १८ गते दार्चुलासँग रहेको छ ।
प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहने प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । प्रदेश छनोटपछि राष्ट्रिय क्रिकेट खेल्न सुदूरपश्चिमको टोली बनाइनेछ । रासस




प्रतिक्रिया