विप्लवलाई आत्मसमिक्षासहित एकतामा आउन प्रचण्डको आग्रह–‘तपाईंको मूल घर यही हो’


काठमाडौं, १४ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विप्लवलाई एकताको लागि आफूले धेरै नै भाउ दिँदापनि एकतामा नआएको टिप्पणी गरेका छन् । सुरुमा एकतामा आउन राजी भएपनि जेनजी आन्दोलन वरिपरि आइपुग्दा भने विप्लव वैचारिक अन्योलको भुमरीको तुवाँलोभित्र हराएको उनको दाबी छ ।

उनले भने,‘सुरुमा एकतामा आउने भन्नुभएको थियो। तर, जेनजी आन्दोलनपछि उहाँहरू कतै न कतै भड्किनुभयो। उहाँहरूले इतिहासमै विरलै आउने अवसर तपाईँहरूले गुमाउनुभयो। यसको पश्चात्ताप धेरै परसम्म तपाईंहरुलाई हुनेछ।’

प्रचण्डले अहिलेपनि केही नबिग्रिएको भन्दै आत्मसमिक्षा गर्दै एकता प्रक्रियामा आउन विप्लवलाई आग्रह गरे । दाहालले भने,‘तपाईँको मूल घर यही हो, अहिले यता र उता गरिराख्नुभएको छ, त्यसले केही हुनेवाला छैन। त्यसैले आत्मसमिक्षा गर्नुस्, अवसर अझै गुमेको छैन। तपाईँलाई स्वागत गर्न तयार नै छौँ।’