सिके राउतलाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौं, १४ माघ । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलाई स्पष्टीकरण सोधेको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सार्वजनिक स्थानमा आफ्नो निर्वाचन चिह्न र झन्डाको तोरण बनाई प्रदर्शन गरेको भनी उनीविरुद्ध आयोगमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आयोगले राउतलाई स्पष्टीकरण सोधेको हो । राउतले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरीकर्ताको दाबी छ । आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न राजनीतिक दलका नेताहरुलाई स्पष्टीकरण सोधेको थियो ।