काठमाडौं, माघ १५ । काठमाडौं उपत्यकामा लागेको हुस्सु र कुहिरोका कारण हवाइ उडान ठप्प भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानपख हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान र अवतरण ठप्प भएको हो । एयर अरेबियाको जहाज अवतरण गर्न नसकेर लखनउ डाइभर्ट भएको छ । अरु केही जहाज आकाशमा घुमिरहेका छन् ।
बिस्तारै हुस्सु र कुहिरो हट्न थालेकाले केहीबेरपछि उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भिजिविलिटी ५ सय मिटर मात्रै रहेको छ । उडान र अवतरणको लागि कम्तिमा १५ सय मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थल कार्यालयले जनाएको छ ।




प्रतिक्रिया