काठमाडौं, माघ १५ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। हाल उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका छन्। उनी ७२ वर्षका रहेका छन् ।




प्रतिक्रिया