काठमाडौं, १५ माघ । नेकपा (माओवादीं) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रचण्डले हिजो एकतामा आउन भनेर गरेको आह्वानलाई अस्विकार गरेका छन् । उनले प्रचडले २१ फागुनको निर्वाचनमा सहकार्य गर्नसमेत अनिच्छा गरेको भन्दै अब पार्टी एकताको चर्चा गर्नु कम्युनिष्ट आन्दोलनमा प्रयोग गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुईँयामात्र भएको भनेर जवाफ फर्काएका छन् ।
उनले भनेका छन्,‘आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो । यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ ।’
विप्लवले आज फेशबुकमार्फत लेखेका छन्–
कम्युनिस्ट आन्दोलन बारे हाम्रो स्पष्ट धारणा छ:
१० सबै कम्युनिस्ट पार्टीहरूका बीचमा मोर्चा र सहकार्य ।
२० सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्नेसँग एकता र
३० मालेमावादी पार्टीको सुदृढीकरण ।
आज चुनावी मोर्चामा समेत सहकार्य गर्न तयार नहुने पार्टीले एकताको चर्चा गर्नु कम्युनिस्ट आन्दोलनमा प्रयोग गर्दा गर्दा थोत्रो भइसकेको काम नलाग्ने जालझेलको बासी र असफल हुइयाँ मात्र हो ।
यस्तो भ्रममा विचार मरेका, आँत सडेका, आश गुमाएका र आफ्नै इतिहासले चेपट्टीएका हुतिहारा मात्र पर्छ ।
अनेकौ मोर्चाका अनुभवसहित समाजवादी गन्तव्यमा अग्रसर माओवादी पार्टी नै एकता, अग्रगमन र संभावनाको केन्द्र हो । आउदो भविष्यले अवश्य सावित गर्नेछ ।




प्रतिक्रिया