काठमाडौं, १६ माघ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले व्यवस्था परिवर्तनले मात्र समाजको आवश्यकता र जनताको चाहनाको सम्बाधन हुन नसक्ने बताएका छन् । आज आज माघ १६ अर्थात शहीद दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘नेपालको लोकतान्त्रिक आन्दोलन एवम् नेपाली समाजको समृद्धि र सुशासनको लागि भएका आन्दोलनहरुमा शाहदत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । व्यवस्था परिवर्तनले मात्र समाजको आवश्यकता र जनताका चाहनाको सम्बोधन हुन सक्दैन । उक्त यथार्थलाई आत्मसात गर्दै लोकतान्त्रिक आचरण सहित पारदर्शी कार्यप्रणाली अवलम्बन गरेर अहिलेका चुनौतीहरुको सामना गर्न, सुशासन र समृद्धिको जनचाहना पूरा गर्न र सुरक्षित भविष्य निर्माण गर्न व्यवस्थित कार्ययोजना सहित अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछु । यसो गर्न सकेमा मात्र शहीदहरुप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’




प्रतिक्रिया