काठमाडौं, १६ माघ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिी जारी गर्दै राष्ट्रपति पौडेलको भ्रमण तालिका सार्वजनिक भएको हो । हिजोमात्रै मन्त्रिपरिषद्ले राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । उनी माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जाने भएका हुन् ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते जापान जाने भएका हुन् । उनी नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आफ्नो औपचारिक भ्रमण सम्पन्न गरी यही माघ २१ गते सोही एयरलाइन्सबाट स्वदेश फर्कने कार्यक्रम छ ।




प्रतिक्रिया