भीम बहादुर थापाः व्यवसायदेखि प्रतिनिधिसभा सदस्यको उम्मेदवारसम्मको प्रेरक यात्रा


  • पुरुषोत्तम सुबेदी

काठमाडौं, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं.२ मा नेपाली कांग्रेसको तर्फबाट युवा उम्मेदवार भीम बहादुर थापा (भरत) छन् । कांग्रेस लुम्बिनी प्रदेश सदस्यसमेत रहेका थापा स्थानीय तहमा कार्यकाल परा गरेका समाजसेवीका रूपमा चिनिून्छन् ।

अनुभवी र गतिशील नेतृत्व
पश्चिम नवलपरासीके सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुखका रूपमा नेतृत्व प्रदान गरिसकेका थापाले आफ्नो कार्यकालमा नगरको जग बसाल्न र विकासका योजनाहरूलाई गति दिन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको यही प्रशासनिक अनुभव र जनस्तरको पकड नै यसपटकको उम्मेदवारीको मुख्य आधार बनेको देखिन्छ।

संस्थापक नगर प्रमुखको जिम्मेवारीमा रहदाः
संघीयता कार्यान्वयनको पहिलो चरणमा सुनवल नगरपालिकाको संस्थापक नगर प्रमुख निर्वाचित भएका थापाको राजनीतिक जीवनको कोशेढुङ्गा सावित भएको छ । शून्य अवस्थाबाट नगरपालिकाको संरचना खडा गर्ने, स्रोत जुटाउने र विकासको प्रारम्भिक गुरुयोजना बनाउने श्रेय उनलाई नै जान्छ।

पश्चिम नवलपरासी क्षेत्र नं.२ मा कांग्रेसका तर्फबाट चर्चामा रहेका युवा थापाको लोकप्रिय मानिन्छन् । संस्थापक नगर प्रमुख हुँदा उनले देखाएको काम र कोभिड कालमा गरेको उदाहरणीय कार्यलाई स्थानीयले अहिले निर्वाचनको मुखमा स्मरण गर्न थालेका छन्।

नगर प्रमुखको पाँच वर्षे कार्यकालमा सरकारी गाडी र तलब, भत्ता जस्ता कुनै पनि आर्थिक सुविधा नलिई स्वयंसेवकका रूपमा काम गरेर थापाले सुशासनको नयाँ मानक स्थापित गरेका थिए । पदमा पुगेर व्यक्तिगत लाभ लिनेहरूको भिडमा आफ्नै निजी साधन चढेर जनताको काम गरेका कारण थापा चर्चामा छन् ।

त्यस्तै, कोरोना महामारीको समयमा जिल्लामै पहिलोपटक प्रभावकारी उपचार केन्द्र सञ्चालनमा ल्याएर नागरिकको ज्यान बचाउन उनले खेलेको भूमिकालाई अहिले पनि सुनवलवासीले गौरवका साथ सम्झने गर्छन्। यही जनसेवाको जगमा उभिएर थापाले यसपटक क्षेत्र नं.२ को भौतिक र सामाजिक विकासका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

राजनीतिसँगै आर्थिक क्षेत्रमा पनि दख्खल राख्ने थापा उद्योग वाणिज्य संघ नवलपरासीका पूर्व अध्यक्षसमेत हुन् । उद्योग वाणिज्य संघ, नवलपरासीको अध्यक्षको रूपमा उनले निजी क्षेत्रको हकहितका लागि मात्र लडेनन्, बरु जिल्लामा लगानी भित्र्याउन र साना तथा मझौला उद्योगीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेले । निजी क्षेत्र र आर्थिक विकासका मुद्दाहरूमा उनको विशेष दख्खल रहेकाले पनि युवा र व्यवसायीहरू माझ लोकप्रिय छन् ।

भौतिक विकास र पूर्वाधारमा जोड
थापाले यसपटकको निर्वाचनमा भौतिक विकास र आर्थिक रूपान्तरणलाई मुख्य चुनावी एजेण्डा बनाएका छन् । उनका अनुसार क्षेत्र नं. २ को समग्र विकासका लागि सडक सञ्जालको स्तरोन्नति, व्यवस्थित सहरीकरण, र कृषि पूर्वाधारको निर्माण अनिवार्य छ।

मुख्य चुनावी एजेण्डाहरू
उनले क्षेत्र नं। २ भित्रका रणनीतिक सडकहरूको कालोपत्रे र नयाँ सडक सञ्जाल विस्तार, स्थानीय उत्पादनलाई बजारसँग जोड्न कृषि बजार र शीतभण्डारको व्यवस्थान, औद्योगिक वातावरण निर्माण गरी युवाहरूका लागि स्थानीय स्तरमै रोजगारी सिर्जना र शिक्षा र स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारमा परिवर्तन मुख्य चुनावी एजेण्डाहरू रहेका छन् ।