काठमाडौं, १६ माघ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद तामाङले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान ६ बजेको समयमा २३ वर्षीया कोपिला नेपाली र निजका श्रीमान् ३० वर्षीय बिनोद तामाङबीच विवाद हुँदा श्रीमानले चिर्पटले हानी श्रीमतीको हत्या गरेको बिनोद स्वयंले प्रहरी चौकी टिकाभैरवमा आइ जानकारी गराएका हुन् ।
‘दुवै जनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्, निज श्रीमान आफैँ प्रहरी चौकी टीकाभैरवमा आएर जानकारी गराएका हुन्,’उनले भने, ‘तत्पश्चात निजलाई नियन्त्रणमा लिई प्रहरी चौकी टीकाभैरव र प्रहरी वृत्त चापागाउँको प्रहरी नायब उपरीक्षक शिला थापाको कमाण्डमा घटनास्थल अनुसन्धान टोली गई लास जाँच मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान पूरा भएको छ ।’
शव परीक्षणका लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अभियुक्त तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सूचना अधिकारी मिश्रले बताए ।




प्रतिक्रिया