जनवरी, १७माघ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतङ्कवादी आक्रमणको प्रतिक्रीया जनाउदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतङ्कवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ ।
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।
सुरक्षा प्रतिष्ठान र सरकारी लक्ष्यलाई लक्षित गरी आक्रमण गरिएको स्रोतहरूले बताएका छन् ।
पाकिस्तानी सशस्त्र बल, फ्रन्टियर कप्र्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतङ्कवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले बताएका छन् ।
अधिकारीहरूका अनुसार झडपमा धेरै सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् ।
सुरक्षा स्रोतका अनुसार विगत ४८ घण्टामा यस क्षेत्रमा कुल ८८ जना आतङ्ककारी मारिएका छन् ।
बाँकी रहेका आतङ्ककारीहरूलाई हटाउन र पूर्ण सुरक्षा पुनस्र्थापना गर्न प्रभावित क्षेत्रमा सरसफाइ अभियान जारी रहेको स्रोतहरूले जनाएको छन् रासस




प्रतिक्रिया