काठमाडौँ, १७ माघ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयको माग बुझेर पार्टीले ओखलढुंगामा जेनजी पुस्ताकै सक्षम युवा महिला नेतृ अस्मिता थापालाई उम्मेदवार बनाएर पठाएको बताएका छन् ।
ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्मिताले नै ओखलढुंगाको विकास गर्ने र त्यसको जिम्मा आफूले लिने बताए ।
ओलीले भने–जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेतृलाई उम्मेवार बनाएर पठाएका छौं,ओखलढुंगाले अस्मितालाई जिताएर देश जिताउनुपर्छ । अस्मिताले कुनै गलत काम गर्ने,अवसर नपाए पार्टी छाड्ने,जनताको मतको दुरुपयोग गर्ने कुनै काम गर्ने छैनन्,म सम्पूर्ण जिम्मा लिन्छु । अस्मिता थापाको जाकटी बस्छु म ।









प्रतिक्रिया