जेन-जी आन्दोलनबारे ओलीले जारी गरे भिडिओ सन्देश


काठमाडौं, १७ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनको बारेमा केही दिनअघि लेखेको स्टाटसपछि धेरै युवाले भिडिओ सन्देश जारी गर्न भनेपछि आज भिडिओ सन्देशमार्फत आफ्नो भनाई सार्वजनिक गरेका छन् । उ

क्त घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले दुई पटक म्याद थप्दासमेत प्रतिवेदन बाहिर ल्याउन नसकेपछि आफूले अब आँफै बोल्नुपर्छ भनेर आज भिडिओ सन्देश जारी गरेको ओलीको भनाई छ । उनले भने,‘मैले गोली चलाउने कुनैपनि आदेश दिएको छैन । त्यो घटना भएको दिन पनि मैले पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको थिएँ । भदौ२३ गते विहानसम्म जेनजी आन्दोलन शान्तिपूर्ण भएको थियो, तर १२ बजेपछि घुसपैठ गर्ने तत्वहरुले युवाहरुलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेको भिडिओ देखिएको छ । तर, योजनावद्ध रुपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा संसद् भवनसम्म पुर्याएका थिए ।’

https://www.facebook.com/share/v/1NRANYN46T