ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?


काठमाडौं, १८ माघ । नेपाली बजारमा आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ७ हजार ६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार आइतबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार २ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ७१६ रुपैयाँमा कारोबार भईरहेको छ ।