काठमाडौं, १८ माघ । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ। काभ्रेको पतञ्जलीको जग्गा घोटाला प्रकरणमा विशेष अदालतले आज विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको हो।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा साक्षी बुझ्ने आदेश दिएको हो । अख्तियारले माधव नेपालसहित ९३ जनाविरुद्ध गत जेठ २२ गते मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया