नेकपा (माओवादी) को चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक, एमसिसि सम्झौता खारेज गर्न संघर्ष गर्नेसम्मका कुरा समेटिए


काठमाडौं, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । नेपालको राष्ट्रिय अखण्डता एवं सार्वभौमसत्ताको रक्षाको लागि प्रत्येक नागरिकलाई विशेष ढंगले प्रशिक्षित गरिने उसको प्रतिबद्धता छ ।

नेकपा (माओवादी)ले सञ्चार नीति, यातायात नीति, पर्यटन नीति, जलविद्यूत नीतिलगायतका नीतिमा आफ्नो मत राखेको छ । उसले नेपालको पर्यटनलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिई पर्यटन व्यवसायलाई विशेष क्षेत्र घोषणा गरी दिगो पर्यटन विकासका लागि ठोस कदम चालिने पनि बताएको छ ।

स्वाधीनता, आत्मनिर्भरता र समानताका लागि नेकपा (माओवादी) का उम्मेदवारलाई मतदान गर्न पनि अपिलमा भनिएको छ । घोषणापत्रमा एमसिसी सम्झौता खारेजको लागि संघर्ष गर्नेसम्मका कुरा समेटिएका छन् ।