चुनावलक्षित गरेर वाईसीएलले व्युँतायो अर्धसैन्य संरचाना


काठमाडौं, १८ माघ । २१ फागुनको निर्वाचनको लागि माओवादी केन्द्रनिकट संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना व्यूँताएको छ । वाईसीएल नेपालको आज बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स क्याम्पिङ गरेर राख्ने निर्णय गरेको हो ।

अन्तरपार्टी युवा, विद्यार्थी र जेन(जी युवा संयोजन गर्न संयन्त्रको निर्माण गर्ने तथा सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमाण्ड सेन्टर निर्माण गर्ने निर्णय भएको जनाईएको छ ।

‘एक वुथ सय यूथ’ सबै वुथ केन्द्रमा खटाइने, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, सम्बन्धित मतदान क्षेत्रका युवा सम्बन्धित क्षेत्रमा नै खटाउने तयारी वाईसीएलको छ।