काठमाडौं, १८ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् । आज (आइतबार) एक भिडिओ सन्देश जारी गर्दै उनले सन्तान, जीनवसंगिनी र सहयोद्धाहरु गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको बताएका छन् ।
उनले भनेका छन्,‘सन्तान, जीवनसंगिनी र सहयोद्धाहरु गुमाएपछि मलाई अब सत्ताको लोभ छैन । मेरो बाँकी जीवन शहीदका सपना र यो नयाँ पुस्ताको भविष्यका लागि मात्र समर्पित छ।’ दाहालले आफ्नो जीवनमा एउटा मान्छेले जे÷जति गुमाउन सक्छ त्यो सबै गुमाएको पनि स्मरण गराएका छन् । आफूले गरेको संघर्ष व्यक्तिगत नभएर हजारौं शहीदहरुको सपना पूरा गर्ने यात्रा भएकोले परिवर्तन गराएरै छोड्ने पनि दाहालको दाबी छ ।
दाहालले आफू हार मान्न तयार नरहेको दोहोर्याए । उनले भने,‘म हार मान्न तयार छैन। काम सकिएको छैन। नयाँ पुस्तालाई स्वागत गर्छौं। हरेक चम्किलो चिज हिरा हुँदैन, सामाजिक सञ्जालका भ्रमले बहकाउन सक्छ, म स्वतन्त्र चिन्तनका लागि अपिल गर्न आएको छु, भोट माग्न होइन।’ file photo




प्रतिक्रिया