मतदातासँग सुझाव माग्दै ओखलढुंगाकी एमाले उम्मेदवार अस्मिता थापा


काठमाडौँ, १८ माघ । नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुंगाको समग्र विकास र जनताको आवाजलाई संसदसम्म पुर्‍याउने उद्देश्यसहित मतदातासँग प्रत्यक्ष सुझाव संकलन सुरु गरेकी छन्।

राजनीति पद वा व्यक्तिगत महत्वाकांक्षाका लागि नभई जनताप्रतिको जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै थापाले आफू संसदमा एक्लै बोल्न होइन, ओखलढुंगाबासीका समस्या, आवश्यकता र अपेक्षा बोकेर बोल्न चाहेको बताईन् ।

सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, युवा तथा किसानसँग सम्बन्धित मुद्दामा जनताकै सुझावका आधारमा नीति निर्माणमा भूमिका खेल्ने लक्ष्य रहेको उनको भनाइ छ। ‘ओखलढुंगाको भविष्य कस्तो बनाउने भन्ने निर्णय जनताबाटै आउनुपर्छ,’ थापाले भनिन्।

यसका लागि उनले अनलाइन फाराम तथा QR कोडमार्फत सुझाव संकलनको व्यवस्था मिलाएकी छन्। प्राप्त सुझावहरूले संसदमा ओखलढुंगाको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउन मद्दत पुग्ने विश्वास थापाको छ। थापाले ओखलढुंगाको विकास जनतासँग सहकार्य गर्दै अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

सुझाव दिनका लागि लिंक: https://docs.google.com/forms/d/e/1FAIpQLSelI1ZX9VWdQNrl1eCHoocJSwKM6OYYXdcerPcud_CI_yZvLA/viewform