काठमाडौं, माघ १९ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।




प्रतिक्रिया