काठमाडौं, १९ माघ । भर्खरै एमाले परित्याग गरेका रौतहटका प्रभावशाली नेता बबन सिंहले रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलालाई सघाउने भएका छन् । संविधानसभा सदस्यसमेत रहेका नेता सिंहले आफ्नो समर्थन ऋषि धमलालाई रहने बताएका हुन् । आज विहान धमला र सिंहबीच भेटवार्ता भएको हो ।
धमला यतिवेला चुनावी प्रचारप्रसारको क्रममा रौतहटमै छन् । धमलाले देशको समग्र विकासको लागि पनि पहिले मधेशको विकास हुनुपर्ने एजेण्डा अघि सारेका छन् । ०६४ सालमा स्वतन्त्र उम्मेदवारी दिएका सिंहले रौतहट–१ मा शानदार जित निकालेका थिए ।
उनी जसपा, नेकपा हुँदै पछिल्लो समय एमालेमा सक्रिय थिए । तर, भर्खरै पत्रकार सम्मेलन गर्दै सिंहले एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए । धमलाले चुनाव प्रचारमा समेत आउनको लागि गरेको आग्रहमा सिंहले हुन्छ भन्ने जवाफ दिएका छन् ।





प्रतिक्रिया