काठमाडौँ, १९ माघ । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ ।
परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा यही माघ २३ गतेदेखि पाशुपत क्षेत्रमा ११ दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले जानकारी दिए ।
मुलुकमा शान्ति, समृद्धि तथा जनकल्याणको उद्देश्यले महायज्ञ आयोजना गरिएको श्रीविद्या साधक परिवारले जनाएको छ । पशुपति क्षेत्रको वनकालीमा महायज्ञको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए । रासस




प्रतिक्रिया