काठमाडौं, १९ माघ । रौतहट–४ मा आम जनता पार्टीबाट उम्मेदवारी दिएका ऋषि धमला निरन्तर घरदैलोमा छन् । उनी आज रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मा पुगेका छन् । धमलालाई आज घरदैलोको क्रममा ९८ वर्षीया नरेन्द्र दाहालले जितको लागि विशेष आशिष दिएका थिए ।
धमलाले ती वृद्ध दाहालले दिएको शुभ आशिष सुनाउँदै भने,‘आज ९८ वर्षीया बुवाले मलाई आशिष दिनुभयो, उहाँले तपाईंले चुनाव जितेर देश र जनताको पक्षमा काम गर्नुहुोस भनेर आशिष दिनुभयो ।’ धमलाले आफू मधेश आउनु र मधेशमा पनि रौतहटमा आउनुको कारण यहाँको विकासलाई माथि उठाउनु भएको प्रष्ट पारेका छन् । शिक्षा र स्वास्थ्यमा रौतहट पछि परेको भन्दै सो क्षेत्रमा शिक्षाको पहुँच बढाउन र विशेष स्वास्थ्य सुविधाको व्यवस्था गर्नको लागि चुनावी मैदानमा उत्रिने गरेको धमलाको भनाई छ ।




प्रतिक्रिया