नेकपाका केन्द्रीय सदस्य गुरूङ एमाले फर्किए, अस्मितालाई जिताउने प्रतिबद्धता


काठमाडौं, २० माघ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले पार्टी परित्याग गरेका छन् । उनले नेकपाबाट ओखलढुंगाको उम्मेदवार बनाइएका अम्बिरबाबु गुरुङलाई सहयोग गर्न नसक्ने भन्दै आज (मंगलबार) पदबाट राजीनामा दिएका हुन् ।

सिद्धिचरण नगरपालिका–४ का गुरुङ आजबाट एमालेमा फर्किएको र जिल्लामा एमालेकी उम्मेदवार बनेकी अस्मिता थापालाई जिताउने घोषणा गरेका छन् । एमालेले ओखलढुंगामा ३० वर्षीया थापालाई उम्मेदवार बनाएको छ । हालै काठमाडौंमा आयोजित ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई विजयी गराउन सो क्षेत्रका जनतालाई अपिल गरेका थिए । उनले अस्मितालाई जिताए ओखलढुंगाको विकासको जिम्मा आफूले लिने घोषणा गरेका थिए ।