प्रतिनिधिसभा निर्वाचनः समानुपातिक बन्दसूचीको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


काठमाडौं, २० माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले ६३ राजनीतिक दलबाट पेश भएको बन्दसूची सार्वजनिक गरेको हो । बन्दसूचीमा कूल ३ हजार १ सय ३५ जना उम्मेदवार रहेका छन् ।

आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तय गरेको छ । देशभरका १६५ निर्वाचन क्षेत्रबाट १६५ जना प्रतिनिधिसभा सदस्यहरु प्रत्यक्ष निर्वाचित भएर आउने छन् । त्यस्तै, बन्दसूचीमा रहेको नामका आधारमा दलले पाएको मतअनुसार ११० प्रतिनिधिसभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन् ।

समानुपातिक बन्दसूचीको अन्तिम नामावली हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।