भोजपुर, २१ माघ । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ ।
उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले शान्तिपूर्ण वातावरणमा मतदाताले निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न पाउनेगरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको बताए । जिल्लामा आगामी निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । रासस




प्रतिक्रिया