काठमाडौं, २१ माघ । नेकपा (एमाले) ले वर्तमान सरकारले चुनाव सार्ने बहाना खोजेको आशंका व्यक्त गरेको छ । आज (बुधबार) पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष रामबहादुर थापा बादलले यस्तो आशंका व्यक्त गरेका हुन् । हिजोमात्रै प्रधानमन्त्री सुशीला कार्कीले सरकारले तोकिएकै मितिमा चुनाव गर्ने र केही ठाउँमा नभए अर्को पटक गर्ने भनेर दिएको अभिव्यक्तिलाई लिएर बादलले यस्तो आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिबाट चुनाव सार्ने बहाना खोजिरहेको देखिन्छ । हामीले त पहिलादेखि नै भन्दै आएका छौँ फागुनमा चुनाव हुँदैन । त्यसैले सरकार फागुन २१ को चुनाव सार्न खोज्दैछ । मौसम र हिमपातलाई बहाना बनाउन खोजिँदै छ ।’उनले नेपालमा पूराना शक्तिलाई विस्थापित गरेर नयाँ शक्तिलाई स्थापित गर्न खोजिएको पनि दाबी गरे ।




प्रतिक्रिया