संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले छिटो संविधानसम्मत् निर्णय देओस् : रामहरि खतिवडा (भिडिओ–सहित)


काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद रामहरि खतिवडाले यो निर्वाचनपछि कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । अहिले समग्र मुलुक नै विरामी भएकोले निर्वाचनमार्फत उपचारको पद्धतीमा गएको उनको भनाई छ । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँगको कुराकानीमा उनले चुनावको लागि शान्ति–सुरक्षाको उचित वातावरण नबिनसकेको पनि टिप्पणी गरे ।

जनता अहिलेपनि आतंकित अवस्थामा रहेको उल्लेख गर्दै खतिवडाले यस्तो अवस्थामा सरकारले कसरी चुनाव गराउन सक्छ भनेर प्रश्न उठाएका छन् । उनले आफूहरुले बोल्ने सरकार धेरै देखेको भन्दै अहिले बोल्नेभन्दापनि काम गर्ने सरकारको आवश्यकता रहेको औंल्याए । उनले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने,‘जे हुने हो छिटो होस, कानूनसम्मत् र संविधानसम्मत् निर्णय होस । हिजोको नजिर अनुसार निर्णय होस ।’