काठमाडौं, २१ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीले भोलिबाट आफू चुनावी प्रचारप्रसारमा खटिने घोषणा गरेका छन् । फेशबुकमार्फत उनले आफू भोलिदेखि चुनावी अभियानमा खटिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्–‘भोलि देखि कैलाली क्षेत्र नम्बर १ प्रचारप्रसारमा खटिन्छुँ । जय नागरिक ।’ उनको उम्मेदवारीको विषयमा निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेको थियो । आयोगको निर्णयविरुद्ध चौधरी अदालत गएका थिए ।




प्रतिक्रिया