प्रधानमन्त्री कार्कीसँग श्रीलङ्काका राजदूतको भेट


काठमाडौँ, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत महामहिम श्री रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा आपसी द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको थियो। भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरिन्।

तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय