काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज भिडिओ सन्देश जारी गरेका छन् । उनले कांग्रेस बदलिएको सन्देश प्रवाह गरेका छन् । उनले हिजोको राम्रो कुराको गौरव गर्ने र आफूहरुले गरेको गल्तीलाई नलजाईकन सच्याउने प्रतिबद्धता जनाएका छन् ।
उनले बदलिएको नेपाली कांग्रेसले हिजो गरेको राम्रो कामलाई निरन्तरता दिने विश्वास दिलाए । उनले बदलिएको कांग्रेसले राष्ट्रलाई माथि राख्ने बताए । पार्टी भनेको चुनाव लड्ने मेसिनमात्रै नभएको उनको तर्क छ । उनले कांग्रेसलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता जनाए । सत्तामा टिक्नको लागि जेपनि नगर्ने उनको भनाई छ । बरु, प्रतिपक्षमा बस्ने तर सिद्धान्तभन्दा बाहिर नजाने उनले प्रतिबद्धता जनाए ।




प्रतिक्रिया