फागुनबाट रवि-बालेनले संयुक्त रुपमा देशव्यापी चुनावी अभियान थाल्ने


काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आगामी फागुन १ गतेबाट संयुक्त रुपमा देशब्यापी चुनावी अभियान थाल्ने भएका छन् । रवि–बालेनले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्नेगरी कार्यतालिका निर्माण भएको बताइएको छ ।

ुसमयले भ्याएसम्म रवि–बालेन धेरैभन्दा धेरै मतदाताको घरदैलोमा पुग्ने बताइएको छ । बालेन हाल निर्वाचनको प्रचारप्रसारमा पूर्वी नेपालमा छन् । उनी झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन् ।

त्यस्तै, रास्वपा सभापति रवि भने हाल घरमै आराम गरेर बसेका छन् । उनको खुट्टामा चोट लागेका कारण डाक्टरको सल्लाहअनुसार उनी आराम गरेर निवासमै बसेका हुन् । भोलि (बुधबार) भने लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा जाने बताइएको छ ।

चितवन २ मा गएर पनि लामिछाने केही समय घरदैलो अभियान नगर्ने र आफ्नै निवासमा भेटघाट र चुनावी रणनीति बनाउने बताइएको छ ।