काठमाडौं, २१ माघ । आम जनता पार्टीकी उपाध्यक्ष तथा आसन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फकी उम्मेदवार एलिजा गौतमले पार्टीका उम्मेदवारलाई विजयी गराउनको लागि सक्रियता बढाएकी छिन् । उनी यतिवेला घरदैलोको लागि देशदौडाहमा व्यस्त छिन् । आज (बुधबार) भने उनी कास्कीको पोखरामा पुगेकी छिन् । सो क्रममा उनले निर्वाचन परिचालन समिति गठनसँगै कार्यालयको उद्घाटन गरेकी हुन् ।
एक कार्यक्रम पोखरा महानगरपालिकाअन्तर्गत अघौ चोकमा सम्पन्न भएको थियो भने अर्को निर्वाचन परिचालन समिति गठनसँगै सम्पर्क कार्यालयको उद्घाटन भने आम जनता पार्टीका समानुपातिक उम्मेदवार चेत कुमालको निजी निवासमा गरिएको थियो।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा विहान सम्पन्न घरदैलो कार्यक्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफूहरुले देशको विकास र निकासको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन् । लगत्तै, पोखरा लेखनाथ नगरपालिका वडा नम्बर २९ अन्तर्गत तालचोक क्षेत्रमा पनि उनी घरदैलोमा सरिक भएकी थिईन् । यसअघि पनि उनी पोखरा, नेपालगञ्ज, लुम्बिनी, बर्दियालगायतमा पार्टीका चुनावी कार्यक्रममा सक्रियताका साथ सहभागी भएकी थिईन् ।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको तर्फबाट यसपटक मोवाईल छाप चिह्नबाट उठेका उम्मेद्वारहरुले आफूहरु नै वैकल्पिक शक्ति भएको दाबी गर्ने गरेका छन् । यही दलबाट वरिष्ठ पत्रकार ऋषि धमलापनि यसपटकको चुनावमा रौतहट क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा छन् । उनको उम्मेदवारीले सो क्षेत्रमा निर्वाचनको माहोल नै चुलिएको छ । उनी यतिवेला मतदाताहरुको घरदैलोसँगै उनीहरुको समस्याको पनि समाधानमा व्यस्त भएका भिडिओ क्लिपहरु सार्वजनिक भएका छन् ।







प्रतिक्रिया