काठमाडौं, २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी प्रचारको लागि यतिवेला मधेश प्रदेशको राजधानी जनकपुर पुगेका छन् । सो क्रममा उनले चुनावपछि देशको नेतृत्व गर्ने दाबी गरेका छन् । घिसिङ उनेपाका उम्मेदवारलाई विजयी बनाउनको लागि देशव्यापी दौडमा छन् । उनले आफूले नेतृत्व गरेको दल सोसल मिडिया चलाएर स्थापित भएको पार्टी नभएको दाबी गरे । उनले आफूहरु डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी भएको पनि दाबी गरे ।
अहिले रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । घिसिङले भने आफूहरु कसैलाई प्रधानमन्त्री बनाउन नआएको टिप्पणी गरे । उनले भने,‘सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन, डेलिभरी दिएर अर्ग्यानिक रूपमा स्थापित भएको पार्टी हो । छोटो समयमा आएको भए पनि यो पार्टीले नै देशको नेतृत्व गर्छ, प्रधानमन्त्री हामी नै हुन्छौँ, देशको लिड गर्छौँ । यो देशको लिड गर्न आएका हौँ, कसैलाई प्रधानमन्त्री बनाउन आएका होइनौँ ।’ file photo




प्रतिक्रिया