काठमाडौं, २२ माघ । गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा चितवनका महेन्द्र गौतम पक्राउ परेका छन् । उनी आफैंले सिंहदरबार आगजनी गरेको भिडिओ अपलोड गरेका थिए । उनलाई प्रहरीले घटना भएको ५ महिनापछि पक्राउ गर्न सफल भएको हो ।
सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका चितवनका महेन्द्र गौतमलाई सबै प्रमाणका आधारमा पक्राउ गरिएको
प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरमा बस्थे ।
‘सिंहदरबारको गेट तोडेर भित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं,’ उनले अपलोड गरेको भिडिओमा भनेका छन् ।
उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप समेत गराएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया