दुई फर्मलाई नगद जरिवाना


काठमाडौँ, २३ माघ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौँ महानगरपालिका–३० मैतीदेवीलाई १० हजार जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि १० हजार नै जरिवाना गरेको छ ।

ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको जनाएको छ । रासस