काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पोखरा पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापाको यो दोस्रो उपत्यकाबाहिरको यात्रा हो । उनी यसअघि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी घरदैलोको लागि सर्लाही झरेका थिए ।
सर्लाहीमा चार दिन बसेर उनी काठमाडौं फर्किएपछि आज भने पोखरा पुगेका हुन् । सभापति थापालाई कांग्रेसका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । स्वागतको लागि गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्र पाण्डे पनि विमानस्थल पुगेका थिए ।




प्रतिक्रिया