एमाले अध्यक्ष ओली झापा पुगे


काठमाडौं, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूवै प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । २१ फागुनको निर्वाचनमा ओली झापा–५ बाट चुनावी प्रतिष्पर्धामा छन् । उनी उम्मेदवारी दिने दिनअघिमात्रै झापा पुगेका थिए । माघ ६ गते उम्मेदवारी दिएर केही दिन घरदैलोमा व्यस्त भएका ओली यो बीचमा काठमाडौं आएका थिए ।

आज फेरि उनी झापा पुगेका छन् । उनलाई भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । स्वागतको लागि कोशी प्रदेशको मुख्यमन्त्री हिक्कमत कार्की नै विमानस्थलमा पुगेका थिए । उनी आजैदेखि राजनीतिक भेटवार्तामामा सक्रिय हुनेछन् । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा छन् ।