एमालेका प्रभावशाली नेता तथा पूर्वमेयर निमफुन्जो शेर्पा नेकपामा प्रवेश, प्रचण्डले गरे स्वागत


काठमाडौं, २३ माघ । एमालेका प्रभावशाली नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनी एमाले बागमती प्रदेशका सदस्य एवं सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका पूर्वमेयर हुन् ।

आज (शुक्रबार) काठमाडौंमा एक कार्यक्रममार्फत शेर्पासहित ठूलो संख्यामा एमाले कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन् । उनलाई नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्वागत गरेका हुन् ।