काठमाडौं, २३ माघ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेश सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेषको आदेशलाई सदर गरेको हो ।
अधिकारीलाई विशेष अदालतले गत मंसिर २१ गते गते नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अख्तियारले अधिकारीसँग उक्त भ्रष्टाचार काण्डमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो दाबी माग गरेको छ । file photo




प्रतिक्रिया