काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहले फुटबलको वास्तविक क्रेज काठमाडौं बाहिर रहेकाले नेपाली फुटबलको संरचना पुनर्विचार गर्नुपर्ने जनाएका छन् ।
काठमाडौंमा जारी राष्ट्रिय फुटबल लिगमा दर्शकको उपस्थिति न्यून हुने गरेको र मौसफलमा हुने गोल्डकपहरुमा दर्शकले टिकट समेत नपाउने अवस्था रहेको जनाउँदै उनले समाजिक सञ्जालमार्फत काठमाडौंमा लोकप्रिय खेल फुटबलमा दर्शकको कमी हुनु चिन्ताजनक भएको उल्लेख गरेका छन् । राष्ट्रिय लिगमा खेल्ने धेरै खेलाडी मोफसलबाट उत्पादन भए पनि लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिति सीमित देखिएको उनको गुनासो छ ।
बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:
फुटबलको राष्ट्रिय लिग काठमाडौंमा चलिरहेको छ । दर्शकको उपस्थिती २–३ सय पनि देखिदैन । दुख लाग्छ, नेपालको लोकप्रिय खेलमा दर्शक छैनन् भनेर । धेरैलाई लागेको छ, अब नेपालमा फुटबल सकियो । उता मोफसलमा फुटबलको छुट्टै क्रेज छ । मोफसलका गोल्डकपहरुमा हजारौं दर्शक दैनिक फुटबल हेर्न आउँछन् । फाइनल खेल हेर्ने दर्शकले टिकट नै नपाउने अवस्था छ । काठमाडौंमा हुने लिगमा अधिकांश खेलाडी मोफसलले उत्पादन गर्छ । तर देशको मेरुदण्ड मानिने लिग संरचनामा मोफसलका क्लबहरुको उपस्थिती सिमित छ । पछिल्ला वर्षमा एकाध क्लब डिभिजन फुटबल भित्र छिरेका छन् । तर केन्द्रिकृत फुुटबल संरचनाले काठमाडौं बाहिरका क्लबलाई टिक्न गाह्रो छ । अब फुटबलको यस्तो नीति बनोस्, जसले फुटबललाई बिकेन्द्रिकरण गरोस् र खेलमा व्यवसायीकता भरोस् । फुटबल काठमाडौंमा केही क्लबबीच मात्र सिमित नरहोस् । फुटबल खेल्न कुनै क्लब र खेलाडी काठमाडौं मात्र आउन नपरोस् । काठमाडौंका क्लब, खेलाडीलाई मोफसलका टिमहरुले निम्ता देओस् । पूर्वमा झापा ११ क्लब उत्रदै गर्दा मैदान धनगढीका दर्शकहरुले भरियोस् । पश्चिमको धनगढी रंगशालमा मछिन्द्र, थ्रीस्टार क्लबहरुको झण्डाले रंगियोस् । फुटबल नभएर कुुनै खेलाडी बिदेशिन नपरोस् ।




प्रतिक्रिया