काठमाडौं, २४ माघ । नेपाल विद्यार्थी संघका रौतहट जिल्ला समितिका अध्यक्ष अधिकार लामिछानेले रास्वपाका रौतहट–२ का उम्मेदवार शेख सगिर सवार गाडीले चार वर्षीया बालिकालाई ठक्कर दिई घट्नास्थलमै ती बालिकाको असमायिक निधन भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै लामिछानेले उक्त घट्नामा ज्यान गुमाएकी बालिकाको आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनले भनेका छन्,‘सवारी साधनको लापरवाही र गैरजिम्मेवारीका कारण यस किसिमको घटना भएको हाम्रो ठहर छ । यस्ता घट्ना पूनः दोहोरिन नदिन सत्यतथ्य छानबिन गरी दोषीउपर कडाभन्दा कडा काबराहीको लागि गृह प्रशासनसँग माग गर्दै मृत्तक परिवारजनमा यथाशिघ्र उचित क्षतिपूर्ति दिलाउन समेत सम्बन्धित पक्षको ध्यानाकार्षण गराउँदछौं ।’





प्रतिक्रिया