संयुक्त राष्ट्रसंघ, २४ माघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गरेका छन् । उनका उपप्रवक्ता फरहान हकले जारी गरेको विज्ञप्तिमा महासचिवले पीडितहरूको परिवारप्रति समवेदना प्रकट गरे।
महासचिवले नागरिक र उपासना स्थलहरूलाई लक्षित आक्रमण अस्वीकार्य रहेको दोहोर्याए र दोषी व्यक्तिहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । त्यसैगरी, घाइते भएका व्यक्तिहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना समेत महासचिवले व्यक्त गरे ।
विज्ञप्तिमा विश्वसंघले आतंकवाद र हिंसात्मक चरमपन्थविरुद्ध पाकिस्तान सरकार र जनताको प्रयासमा सदैव एकजुटता र समर्थन रहेको पनि उल्लेख गरिएको छ। रासस




प्रतिक्रिया