रेशम चौधरीले दायर गरेको रिटमाथि सुनुवाई सुरू


काठमाडौं, २५ माघ । नाउपा नेपालका प्रमुख संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई सुरु भएको छ । आज (आइतबार) न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सुरू भएको हो।

यसअघि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेशी तोकिएको भएपनि हेर्न नभ्याइनेमा राखिएको थियो।

प्रतिनिधि सभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ मा चौधरीले दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै चौधरीले माघ ९ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए।

सर्वोच्चमा रिटमाथि सुनुवाई भइरहेको अवस्थामा चौधरीले भने घरदैलो जारी राखेका छन् ।