टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीलाई समर्पण गरेर ‘नेपाली साहस’ गीत सार्वजनिक (भिडिओ-सहित)


काठमाडौं, २५ माघ । गायकद्धय अजय तामाङ र टेकेन्द्र नेपालीले टी–२० विश्वकपमा सरिक भएको नेपाली क्रिकेट टोलीलाई समर्पण गरेर ‘नेपाली साहस’ बोलको गीत ल्याएका छन् । ओएसआर डिजिटलमार्फत भर्खरै रिलिज गरिएको भिडिओमा गायकद्धय तामाङ र नेपालीसँगै बाबुराम चरी, मनोज नेपाली, राहुल नेपाली, पदम चन्द, विरेन्द्र चन्द, अश्विन चन्द, विशाल चन्द, विष्णु मल्ल र सन्तोष कुमार पण्डितको अभिनय छ ।

गीतको कम्पोज पनि गायक अजय तामाङले नै गरेका हुन् भने रचना भने होम न्यौपानेको हो । रिकेश गुरूङको एरेन्ज रहेको गीतमा मिक्सिङ/मास्कटरिङ भने मनोज परियारको हो । भिडिओको छायाँकन अर्जुन कटुवालले गरेका हुन् भने सम्पादन सनम तामाङको हो ।