कर्णाली, २५ माघ । कर्णाली प्रदेश सरकारको आजको मन्त्रिपरिषद् बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माण पूरा गर्न ६० लाख प्रदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधयेक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । रासस




प्रतिक्रिया