काठमाडौं, २५ माघ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्व्किार गरेको छ । चौधरीले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने भनेर गरेको निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।
आज (आइतबार) न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यता, चौधरीले भने आफूहरु अझै विभेदित रहेको भन्दै यसको बदला ब्यालेटबाट लिनुपर्ने धारणा राखेका छन् । उनले फेशबुकमा लेखेका छन्–
हामी अझै बिभेदित भयौँ । यो बिभेदको बदला ब्यालेतबाट लिनुपर्छ । सबै नेपाली दाजुभाईलाई अनुरोध ( बिभेदको एक भोट जाँतोमा । संघर्ष जारी छ । पहिचानको आन्दोलनलाई अझै शसक्त बनाउने प्रतिबद्धता सहित भोलिबाट चुनावी अभियानमा होमिन्छुँ । कैलाली क्षेत्र न १ मा मेरो बिकल्पमा मैले फागुराम चौधरीलाई उठाएको छु । उहाँको चुनाव चिन्ह ढेँकिमा (ढिकि) छाप लगाएर अन्याय बिरुद्धको आवाजमा सहमति (ढिकि) जनाउँदै अत्याधिक बहुमतले बिजय गराऔँ ।
हमे तो अप्नोंले लुटा गैरोमे कहाँ दम था
मेरि किस्ति डुबि वहिँ जहाँ पानी कम था । जय नागरिक ।




प्रतिक्रिया