टी–२० विश्वकप : इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित


काठमाडौं, २५ माघ । भारतको मुम्बईमा जारी टी–२० विश्वकप खेलमा नेपाल इंग्ल्याण्डसँग पराजित भएको छ । आज भएको खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित भएको हो ।

२० ओभरमा ६ विकेटको क्षतिमा नेपालले जम्मा १८० रन स्कोर गरेको थियो । १८५ रनको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा सो लक्ष्य भेटाउन असफल भएको हो ।