काठमाडौं, २५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन् । प्रसाईँ गत शुक्रबार दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका थिए ।
आज (आइतबार) जिल्ला सरकारी वकिल काठमाडौंले आदेशअनुसार प्रसाईँलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
केन्द्रीय साइबर ब्यूरोले प्रसाईँलाई पक्राउ गरेको थियो । प्रसाईँले ‘पहिला हिन्दू अधिराज्य, अनिमात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । गत माघ १९ गते चितवनमा उनले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने अभिव्यक्ति दिएका थिए ।




प्रतिक्रिया